०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

दुई मन्त्रीले लिए शपथ

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष ०८, २०८०

(एबिसि संचार )

लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्।

प्रदेश प्रमुख कार्यालयमा आइतबार अपराह्न मन्त्रीहरूले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ लिएका हुन्।

नेकपा माओबादी केन्द्रकी कृष्णा केसी (नमुना) सहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापा उद्योग तथा यातायात मन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार उनीहरूलाई मन्त्री बनाएका थिए।लुम्बिनीका मुख्यमन्त्रीले एक मन्त्रालय अझै आफैंसँग राखेका छन्। उक्त मन्त्रालय कांग्रेसले लिने भए पनि मन्त्री पठाउन पार्टीभित्र कुरा नमिलेकोले उनले आफू मातहत नै राखेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरेर व्यक्तिको व्यक्तिगत फोटो, भिडियो वा च्याट देखाएर पैसा माग्ने *ब्ल्याकमेलरलाई* प्रहरीले पक्राउ गरेको छ।ं *के भएको थियो:* पीडितसँग अनलाइन कुराकानी, भिडियो कल वा व्यक्तिगत फोटो आदानप्रदान गरेर आरोपीले त्यही सामग्रीको स्क्रिनसट/रेकर्डिङ देखाएर पैसा नदिए सार्वजनिक गर्ने धम्की दिएको थियो। डर र लाजका कारण पीडितले पटक-पटक रकम पठाएपछि उजुरी परेको […]

error: Content is protected !!