२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सीडीओ कार्यालय बाँकेका अधिकृतसहित ७ विरुद्ध मुद्दा दायर

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष १८, २०८०

(एबिसि संचार )                                                                भिजिट भिसा’मा नेपालीहरूलाई रुसको सेनामा भर्ना हुन पठाउने गिरोहविरुद्ध प्रहरीले मानव बेचबिखन मुद्दा चलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा ७ जनाविरुद्ध बेचबिखन मुद्दा दायर गरेको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का र जिल्ला प्रशासन कार्यालय बाँकेमा कार्यरत अधिकृत राम सोनाकरलाई पनि रसिया प्रकरणमा प्रतिवादी कायम गरिएको छ । नरवीर खड्कालाई मङ्सिर २७ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो ।राम सोनाकर पक्राउ परेका छैनन् । दुईजना अधिकृतसहित धरान घर भएका शंकर लिम्बु, मोरङका गोविन्द रिमाल, रविन घिमिरे, त्रिभुवन विमानस्थलस्थित एयर अरेबियाका कर्मचारी जीवन न्यौपाने र रसियामा बस्ने नेपाली नागरिक शोभराजलाई सरकारी वकिलले प्रतिवादी बनाएको छ ।नेपालमा सक्रिय गिरोहलाई रुसमा बस्ने नेपाली नागरिक शोभराजले सहयोग गरेको प्रहरीले गरेको अनुसन्धानबाट थाहा भएको छ । ‘भिजिट भिसा’ लगाएर रुसी सेनामा भर्ना हुन पठाउने गिरोहसँग नरवीर खड्का र राम सोनाकरसँग ‘कनेक्सन’ देखिएको छ ।

३८ वर्षका खड्का रुकुम सानीभेरी गाउँपालिका–१० का स्थानीय हुन् । अहिले उनी ललितपुरको हात्तीवनमा बस्छन् । राम सोनाकर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएका हुन् । उनी नेपालगन्जका स्थानीय हुन् ।

‘भिजिट भिसा’मा नेपालीहरूलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएकामध्ये ७ जनालाई मानव बेचबिखन र अन्यलाई ठगी मुद्दामा अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले  बताए ।

पक्राउ पर्नेमा उदयपुर घर भएका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौँ घर भएका सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौँ–१६ घर भएका रोजल महर्जन, ३१ वर्षीय क्षितिज गिरी र  सिराहा घर भएका १९ वर्षीय दिपेन परियारसहित छन् ।

दुबई हुँदै नेपाली युवाहरूलाई गिरोहले मस्को पठाउने र त्यहाँ सेनामा भर्ती हुन सहयोग गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अध्यागमन अधिकृतहरूले रुस पठाउँदा प्रतिव्यक्ति २० देखि ८० हजारसम्म लिने गरेको बिचौलियाहरूले प्रहरीलाई बताएका छन् । प्रतिवादी रविन घिमिरेले प्रहरीसँग भनेका छन्– ‘रुसका लागि ८० हजार सम्म बुझाउने गरेका थियौँ ।’

भिजिट भिसामा दुबई पठाउने धन्दामा पनि संलग्न अधिकृत खड्काले दुबईका लागी २० देखि ४० हजार असुल्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

अध्यागमन अधिकृतहरूले पत्नी र आफन्तको खातामा ‘घुस’ बापतको रकम डिपोजिट गर्न लगाउने गरेको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुले विमानस्थल आसपासका रेष्टुरेष्टमा पनि पैसा लिने गरेको भेटिएको छ ।

अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार आरोपीहरूले स्कुटरको डिकी खुल्ला राखेर त्यसमा पैसा राख्न लगाउने र ‘लक’ गरेर हिँड्नु भन्ने गरेको भेटिएको छ । रविन घिमिरेले प्रहरीसँग भनेका छन्–‘मैले स्कुटरको डिकीमा धेरै पटक अधिकृतहरूलाई घुस रकम राखिदिएको छु ।’

गोविन्द रिमालले नरवीर खड्कालाई रकम बुझाउने गरेको बयान दिएका छन् ।(रातोपाटीबाट )

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]