(एबिसि संचार ) स्लोभेनिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ घर भएर चन्द्रागिरि नगरपालिका–१३ बस्ने २५ वर्षीय अजय राज शाही र गोरखा चुमनुव्री गाउँपालिका–४ घर भएकी ३५ वर्षीया छिमी सुनिन छन् । आरोपीहरूले २ लाख ८० हजार ठगी गरेको आरोप छ । उनीहरूलाई मंगलबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले बताए ।