२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

स्ववियु सभापतिको कार्यालय तोडफोड

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ ०६, २०८०

(एबिसि संचार )                                                              त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाको कार्यालय तोडफोड भएको छ । शनिवार कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट निर्वाचित स्ववियु सदस्यहरुले नै सभापति ओझाको कार्यालय तोडफोड गरेका हुन् ।कार्यालय तोडफोडपछि उनीहरुले सभापति ओझाको राजीनामा समेत मागेका छन् । उनीहरुले ओझामाथि सभापति  निर्वचित भए देखिनै कर्मचारी, प्राध्यापकहरुको सरुवा बढुवामा पैसा खाएर भागबन्डा मागेको, विश्वविद्यालयभित्र हुने निर्माणका कामहरु रोकेर निर्माण व्यवसायीसँग पैसा उठाएको, स्ववियुले गरेको आन्दोलनलाई सिमित प्राध्यापक र कर्मचारीको प्रभावमा परेर आन्दोलन नै समाप्त पारेको, प्रिन्सिपल र लेखासँगको मिलेमतोमा  विश्वविद्यालयभित्रको माटो बेची खाएको आरोप लगाएका छन् ।यता सभापति ओझाले कार्यालयका केही कुर्सीहरु ढालिए पनि तोडफोडै चाहिँ नभएको जिकिर गरे । उनले सो कार्य विभिन्न समूहले गरेको कुरा आए पनि कसले गरेको हो भन्ने यकिन नभएको बताए । उनले आफूमाथि विभिन्न आरोप लगाए पनि कुनै पनि समूहले आफूसँग छलफल नगरेको स्पष्ट पारे ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]