३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

पूर्वराजा ज्ञानेन्द्रको एक घण्टा

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ ०६, २०८०

(एबिसि संचार )                                                                पूर्वराजा ज्ञानेन्द्र शाहले जीतपुरसिमरा  उपमहानगर ६ स्थित मुसहर बस्ती पुगेर अनुगमन गरेका छन् । करिब दुई सातादेखि सिमरामा रहेका पूर्वराजा शाह परिवारका सदस्यले आज मुसहर बस्तीमा पुगेका हुन् ।प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई उक्त बस्ती हस्तान्तरण गरेको थियो । पूर्वराजपरिवार भित्रका सदस्यले निर्माण गरी हस्तान्तरण गरेको बस्ती अवलोकन गर्न पूर्वराजा पुगेका हुन् ।पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवाका सदस्य सहभागी थिए । बस्तीमा निर्माण भएको घरभित्र पसेर पूर्वराजदम्पतीले मुसहर समुदायका नागरिकसँग भलाकुसारी गरेका थिए । बस्तीमा एक घण्टा बिताएका उनीहरूले चिया समेत पिएका थिए ।पूर्वराजपरिवारको स्वागतमा मुसहर समुदायका युवायुवतीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । यसअघि पूर्वराजदम्पतीलाई बस्तीमा बसोबास गर्ने २० वटै घरका परिवारका सदस्यले स्वागत गरेका थिए ।पूर्वराजालाई बस्तीमा स्वागत गर्न पाउँदा मुसहर समुदायका नागरिक खुसी देखिन्थे । एक साता अघि सिमरा आएका पूर्व राजा ज्ञानेन्द्र शाहले केही दिनअघि पर्सा राष्ट्रिय निकुञ्जको सफारी गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम-कारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने जनाइएको छ । रासस

  (ABC-Sanchar) दाङ । माण्डबी गाउँपालिका–२ तिराम प्युठानका २४ वर्षीय श्याम नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा आइतबार राति करेन्ट लागेर नेपालीको मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु […]

  ABC (क्राईमबिट) सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत उनले यौन व्यवसाय सञ्चालन गरेको प्रहरीको आरोप छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको […]