३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरूको एकदिने समकक्षी बैठक भारतको बहराइचस्थित नान्पारामा सम्पन्न

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ ०६, २०८०

(एबिसि संचार )

बाँके र बर्दियासँँग सिमाना जोडिएको भारतीय जिल्ला बहराइचका डिस्ट्रिक मजिस्ट्रेट मोनिका रानी (डिएम)को निमन्त्रणामा बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरूको एकदिने समकक्षी बैठक भारतको बहराइचस्थित नान्पारामा सम्पन्न भएको छ ।

बहराइचका डिस्ट्रिक मजिस्ट्रेट रानीको नेतृत्वको भारतीय सुरक्षा अधिकारीसँगको संयुक्त सीमा बैठकमा नेपालको तर्फबाट बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलसहित सुरक्षा अधिकारीले भाग लिएका थिए । नेपाली पक्षबाट बर्दियाका सप्रजिअ मोहन अर्याल, बाँके र बर्दियाका प्रहरी उपरीक्षक क्रमशः सुवासचन्द्र बोहरा, सुधीर शाहीलगायत सहभागी थिए ।यही माघ ८ गते भारतको अयोध्यामा श्रीराम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम र माघ १२ गते हुने गणतन्त्र दिवसका अवसरमा सुरक्षा एवं सुदृढ कानुनी व्यवस्था बनाउने विषयबारे संयुक्त सुरक्षा छलफल गरिएको बाँकेका प्रजिअ पोखरलेले बताए ।प्रजिअ पोखरेलले सुदृढ सुरक्षा व्यवस्था बनाइ राख्ने दिशामा सीमावर्ती दुवैतर्फका सुरक्षा अधिकारीले आपसी समन्वयका साथ काम गर्ने, सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा विशेष निगरानी बढाउने, संयुक्त चेकजाँच र गस्ती बढाउनेजस्ता विषयमा छलफल भएको जानकारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]