३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलविरूद्ध अख्तियारमा उजुरी

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ ०६, २०८०

(एबिसि संचार )                                                                मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
एनआरएनएको नेतृत्वमा मलेसियामा रहेका विभिन्न राजनीतिक दलका संगठनहरूले राजदूत पौडेल विरूद्ध उजुरी हालेका हुन ।
आफ्नो अख्तियारीबाट बाहिर गएर राजदूत पौडेलले वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिक हकहित विरूद्ध काम गरेको उनीहरूको आरोप छ ।
गत डिसेम्बर २३ तारिखमा मलेसियाको निजी कम्पनी फरेन वर्कर वेलफेयर म्यानेजमेन्ट सेन्टर र वैदेशिक रोजगार बोर्डबीच एक संम्झौता भएको थियो जसमा मलेसिया जाने कामदाहरूसँग ४५ अमेरिकी डलर सेन्टरले लिन पाउनु पर्ने उल्लेख थियो ।
मलेसिया जाने कामदारसँग थप आर्थिकभार पारेको भन्दै आफूहरूले अख्तियारमा राजदूतसँगै बोर्डका कार्यकारी निर्देशक नितेश उप्रेतिविरूद्ध उजुरी हालेको एनआरएन क्षेत्रिय संयोजक हरि भट्टराइले जानकारी दिए ।
बोर्ड र राजदूत मिलेर गरिएको यो सम्झौता खारेज गर्न उनले माग उनले गरे । यो सम्झौता त्रृटिपूर्ण रहेको प्रवासी नेपाली एकता समाजका पूर्व अध्यक्ष योगेन्द्र कुँवरले जानकारी दिए ।
कुनै विदेशी वा निजी संघसंस्थालाई यस्तो अनुमति दिनु अघि मन्त्रिपरिषदबाट स्विकृति दिनुपर्नेमा त्यो पनि नभइ षड्यन्त्रपूर्वक यस्तो संम्झौता गरिएको भन्दै मलेसियामा रहेका नेपाली संघसंस्थाले आपत्ति जनाएका छन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!