२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रौतहटको सदरमुकाम गौरमा इमरजेन्सी बाहेकका सबै सेवा ठप्प

Logo
Abc Sanchar प्रकाशित बुधबार, माघ १०, २०८०

(एबिसि संचार )                                                                रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । समयमा तलब भत्ता नपाएको भन्दै उनीहरुले इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरेका हुन् ।डाक्टरले ओपीडी लगायतका सेवा बन्द गरेपछि उपचारका लागि आएका बिरामी मार्कामा परेका छन् । तलब सुविधाको माग गर्दै डाक्टर आन्दोलित भएपछि गौर अस्पतालमा सात गतेदेखि  सर्वसाधारणले इमर्जेन्सीबाहेकका सेवा पाउन सकेका छैनन् ।अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमिले नेपाली कांग्रेस मधेस प्रदेशका सभापति तथा मन्त्री कृष्णप्रसाद यादव लगायतको हस्तक्षेपका कारण अस्पतालको अवस्था दयनीय भएको बताए ।  अस्पतालका ११ जना डाक्टरले विगत ७  महिनादेखि भत्ता र तीन महिनादेखि तलब नपाएपछि अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरेको डाक्टर चन्दन सहनीले बताए ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]