२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

मङ्गोलियाको राजधानीमा बुधबार भएको ग्यास विस्फोटमा ६ जनाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित बुधबार, माघ १०, २०८०

मङ्गोलियाको राजधानीमा बुधबार भएको ग्यास विस्फोटमा ६ जनाको मृत्यु हुनाका साथै १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।मङ्गोलियन राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय ९नेमा० ले आफ्नो वेबसाइट मार्फत ६० टन तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्रक कारसँग ठोक्किदा विस्फोट भएको जनाएको छ  ।प्रारम्भिक विवरणअनुसार आगलागीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।  नेमाले आफ्नो वेबसाइटमा तीन जना अग्नि नियन्त्रकको समेत मृत्यु भएको तथा १४ जनालाई उपचारका लागि पठाइएको जनाएको छ ।आपतकालीन व्यवस्थापन निकायका अनुसार घाइतेमध्ये १० जनालाई जलेको अवस्थामा उपचारका लागि लगिएको थियो भने एक बालकलाई विषाक्तताको उपचारका लागि लगिएको हो । यसैगरी अन्य तीन शिशुको उपचार सहितको हेरचाह भइरहेको छ ।

घटनास्थलमा उद्धार टोली पठाइ आगो निभाएको आपतकालीन व्यवस्थापन निकायले जनाएको छ ।

आपतकालीन सेवाद्वारा सार्वजनिक गरिएका तस्बिरहरूमाले आगलागी भएको स्थानमा दुईवटा गाडी जलेर सडकमा व्यापक क्षति भएको र नजिकैको स्कुलको झ्याल समेत फुटेको देखाइएको छ ।

नजिकैको अपार्टमेन्ट ब्लकका बासिन्दाहरूलाई अस्थायी रूपमा स्थानान्तरण गरिएको नेमाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!