(एबिसि संचार ) कर्मचारी संगठनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अल्टिमेटम दिने भएका छन् ।आज आइतबार बिहान बबरहलमा बसेको पाँच कर्मचारी संगठनको संयुक्त बैठकले आजै गृहमन्त्री श्रेष्ठलाई भेटेर कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न ३ दिने अल्टिमेटम दिने निर्णय गरेको हो ।नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनकबहादुर रावलले आजै गृहमन्त्रीलाई भेटेर घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गर्न ३ दिनको अल्टिमेटम दिने निर्णय भएको जानकारी दिए ।