२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

डीआईजी अर्जुन चन्दको हेडक्वार्टरमा सरुवा

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, माघ २६, २०८०

(एबिसि संचार )                                                                  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काज सरुवा गर्ने निर्णय गरेका हुन् ।उपप्रधानमन्त्री स्तरीय निर्णयअनुसार अर्जुन चन्द प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा सरुवा भएका छन् । प्रदेश समन्वय विभागको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुन्छन् ।अहिले प्रदेश समन्वय विभागको प्रमुख एआईजी सुदीप गिरी छन् । आईजीपी बसन्त कुँवरले डीआईजी चन्दलाई ‘काज’ सरुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेका थिए ।डीआईजी अर्जुन चन्दले राजीनामा पेश गरेका छन् । चन्दले राजीनामा बुझाएको कुरा २० माघमा सार्वजनिक भएको थियो । तर, प्रहरी प्रधान कार्यालयले राजीनामा ‘प्रक्रिया नपुगेको’ भन्दै स्वीकृतिका लागि अगाडी बढाएको छैन । (रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]