२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कैलालीबाट एक युवतीसहित दुई युवक लागूऔषधसहित पक्राउ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, फाल्गुण ०१, २०८०

(एबिसि संचार )

कैलालीबाट एक युवतीसहित दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्।

गोदावरी नगरपालिका-१ भरतपुरबाट ३ ग्राम ४१० मिलिग्राम लागूऔषधसहित सोही ठाँउ बस्ने १९ वर्षीय रमेश बडैला सोमवार पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बडैलाको घरबाटै उनलाई पक्राउ गरेको बताएको छ।यस्तै धनगढी उपमहानगरपालिका-४ तुल्सी राम मा.वि. नजिकबाट २ ग्राम लागू औषधसहित सोही ठाँउ बस्ने ३६ वर्षीय भरत चौधरी र २० वर्षीया की सिर्जना चौधरी सोमवार दिउँसो पक्राउ परेका हुन्। अस्थाई प्रहरी पोष्ट शिबपुरीधामबाट खटिएको प्रहरी टोलीले दुबैको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]