२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

आफन्तबाटै बालिका बलात्कार

Logo
Abc Sanchar प्रकाशित मंगलबार, फाल्गुण ०१, २०८०

(एबिसि संचार )                                                                डडेल्धुरामा ११ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार भएको खुलेको छ । माघ २८ गते उपचारका लागि परशुराम नगरपालिकास्थित जोगबुडा अस्पतालमा ल्याइएकका बालिकामाथि पटक–पटक बलात्कार भएको पाइएको हो ।उपचारका क्रममा बालिकामाथि बलात्कार भएको भेटिएपछि चिकित्सकले प्रहरीलाई खबर गरेका थिए । सोही क्रममा अनुसन्धान गर्दा बालिकामाथि पटक–पटक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपक कार्कीले जानकारी दिए ।अनुसन्धान गर्दा बालिकामाथि आफन्तले ६ महिनादेखि पटक–पटक बलात्कार गर्दै आएको खुल्न आएको छ,’ डिएसपी कार्कीले भने । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालिकामाथि उनकै काका पर्ने र स्थानीय युवकले पटक–पटक बलात्कार गर्दै आएको पाइएको छ । प्रहरीले सोधपुछ गर्दा काकाले ६ महिनाअघि बलात्कार गरेको बालिकाले बताएका छन् । स्थानीय युवकले पनि हालसालै बालिका बलात्कार गरेको अनुसन्धानमा खुलेको छ ।बालिकाले बयान दिएलगत्तै माघ २८ गते नै स्थानीय आलिताल गाउँपालिका–५ का २० वर्षीय पुष्कर थापालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । बालिकाको काका भने रोजगारीको लागि भारत पुगेका पाइएको छ । उनी बलात्कार मुद्दामा बच्नका लागि भारत गएको हुनसक्ने प्रहरीको अनुमान छ । बालिकाको बा–आमा रोजगारीका लागि भारतमा छन् । बालिका हजुरबुबा–आमाको साथमा बस्दै आएका छन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!