२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बाँकेमा एसपी अंगुर जिसी आएपछि नाका क्षेत्रका ठूला तस्करहरु’बर्कत भोइकी भारत फरार,

Logo
ABC (क्राईमबिट) भन्डाफोर प्रकाशित सोमबार, बैशाख २८, २०८३

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ ।

बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा
हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले स्थानीयहरु बाट जनगुनासो प्रहरीलाई बारम्बार आएपछी प्रहरीले बाँके जिल्लाको ठुलो तस्कर भनेर चिनिने पुरानो धेरै मुद्दाहरू समेत रहेको बर्कत भोइकीलाई कडा निगरानी गरेको र पक्राउ गरेर जिल्ला प्रहरीमा ल्याएर केरकार अनुसन्धान गर्ने बताए । उता प्रहरीले पक्राउ गर्ने डरले तस्करहरु’बर्कत भोइकी इन्डिया भागेको एक प्रहरी अधिकृतले बताए ।

यस विषयमा बर्कत भोइकीलाई पटकपटक फोन सम्पर्क गर्दा मोबाइल अफ गरेको छ्न ।
बाँके प्रहरीले तस्करहरु’बर्कत भोइकीलाई बाँके जिल्लाभर निरन्तर खोजीकार्य जारी राखेको जहाँ भेटाए त्यहीँ पक्राउ गर्ने डिएसपी पारलीले बताए ।

एसपी अंगुर जिसी आएपछि सीमा क्षेत्रमा निगरानी कडा पारिएको, राति गस्ती बढाइएको र शंकास्पद व्यक्तिहरूमाथि ‘सर्भिलेन्स’ सुरु भएको बाँके प्रहरीले बताउँछ ।

2. *‘टेक्टिकल मुभ’*: ठूला कारोबारीहरू प्रहरी प्रमुख फेरिनेबित्तिकै केही समय ‘लो प्रोफाइल’ हुने वा भारततिर लाग्ने पुरानै चलन हो। दबाब कम भएपछि फर्किने गरेको विगत छ।

*एसपी अंगुर जिसी आएपछि के-के भयो:*
1. *जमुनाहमा कडाइ*: राति १० बजेपछि मालवाहक गाडीको चेकजाँच कडा।
2. *हुन्डीमा छापा*: पछिल्लो २ महिनामा ३ वटा हुन्डी कारोबारमा संलग्न पक्राउ, ४० लाख+ भारु बरामद।

3. *सुन तस्करी नियन्त्रण*: एयरपोर्ट र नाकामा संयुक्त टोली परिचालन।
4. *सेटिङ ब्रेक*: ‘लाइन मिलाएर’ चल्ने गरेको आरोप लागेका केही तल्लो तहका प्रहरीमाथि धमाधम आन्तरिक छानबिन सुरु।

*स्थानीयको प्रतिक्रिया:*
सीमा क्षेत्रका व्यापारी भन्छन्, “नयाँ एसपी कडा भएपछि केही दिन कारोबार सुस्ताएको छ। ठूला मान्छे भूमिगत छन्।” तर उपभोक्ता भन्छन्, “नाम चलेका १/२ जना भाग्दैमा तस्करी रोकिँदैन। सञ्जाल नै भत्काउनुपर्छ।”

*महत्वपूर्ण कुरा:*

बाँके प्रहरीको यो ‘एक्सन’ ले नाकामा हुने अवैध धन्दामा कति दीर्घकालीन असर पार्छ, त्यो हेर्न बाँकी छ। तपाईंलाई कुनै अवैध गतिविधि थाहा छ भने 100 वा जिल्ला प्रहरी कार्यालय बाँके 081-532111 मा खबर गर्न सक्नुहुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]