२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

पहाडी जिल्ला भन्दा तराईका जिल्लामा एसपीको चासो

Logo
Abc Sanchar प्रकाशित मंगलबार, फाल्गुण ०१, २०८०

(एबिसि संचार )                                                                बदनाम एसपीहरू बिचौलियामार्फत आर्थिक चलखेल गरी तराईका जिल्लामा जाने प्रयासमा छन् । गत शुक्रबार सरुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी भएपनि मुख्य जिल्लामा पठाउने एसपीको नाममा गृहमन्त्री आफैँले पनि चासो राखेको स्रोतको दाकी छ ।हाल झापा, मोरङ, सिराहा, महोत्तरी, पर्सा, चितवन, रुपन्देही, बर्दिया,  बाँके  , कैलाली र कञ्चनपुरको प्रहरी नेतृत्व फेरिँदै छ । १० जिल्लाका लागि ३० भन्दा धेरै एसपीहरुबीच प्रतिस्पर्धा छ । शक्तिकेन्द्रको सिफारिस, बिचौलियाको चलखेल तथा गृह मन्त्रालय–आइजिपीको टक्करका कारण एसपी सरुवा हुन सकेको छैन ।झापामा करिब करिब एसपी मिलन केसीको निश्चित भैसकेको र उनलाई पठाउन बालकोट समेत सहमत रहेको बेला अर्का बद्नाम एसपी पदम विष्ट थपिएका छन् । गौतम केसीको पनि झापाका चासो रहेको छ । बिष्ट सुर्खेतमा कार्यरत रहँदा लागु औषध मुद्दामा प्रतिवादीलाई उन्मुक्ति दिएको घटनामा मुछिएका थिए ।

त्यस्तै, मोरङमा जान श्याम कुमार राई र श्याम खत्रीको प्रतिस्पर्धा छ । राई यसअघि बौद्ध वृत्तमा हुँदा घुस काण्डमा परेका अधिकृत हुन् । खत्री पनि कार्यसम्पादनमा कमजोर मानिन्छन् । मोरङमा बसुन्धरा खड्काले पनि मन गरेका बेला कांगे्रेस नेता शेखर कोइरालाको पनि चासो रहेको छ ।

कोशी प्रदेशका डिआइजी चन्द्रकुबेर खापुङको समेत पावर लगाइरहेका छन् । तर श्यामको बद्नामीमा दुई राई साक्षी नबस्ने भएपछि उनी अख्तियार प्रमुखकोमा पुगेको स्रोतको दाबी छ । महोत्तरी र सिराहामा सन्तोष आचार्य, चक्रराज जोशी, रुपेश खड्का लगायतको सिफारिस छ । चितवनमा भावेस रिमालले माओवादी नेतासँग सेटिङ मिलाएका छन् ।पर्सामा कुमोध ढुंगलेको लगभग निश्चित जस्तै छ । पर्सामा ढुंगेललाई पठाउन गृहमन्त्री र प्रहरी महानिरीक्षकबीच सहमति जुटिसकेको छ । रुपन्देहीमा बसुन्धारा खड्काको प्रबल सम्भावना छ । तर, अर्का एसपी दयानिधि ज्ञवालीसमेत शक्तिकेन्द्र धाइरहेका छन् ।यसअघि तराईमा बसिसकेका एसपीहरू भने पहाडी जिल्ला छानिरहेका छन् । धनकुटा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ, गोरखा, तनहुँ, स्याङ्जा, गुल्मी, पाल्पा, सुर्खेतलगायत पहाडी जिल्लाका एसपीहरू पनि फेरिँदैछन् । खासगरी तराईका जिल्लामा एसपीहरुको चासो रहेको स्रोतको दाकी छ ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!