(एबिसि संचार ) बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर शिुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोक विजय अधिकारीले जानकारी दिए ।बझाङ गत वर्षको भूकम्पपछि अहिलेसम्म ६ सय भन्दा धेरै परकम्प गइसकेको छ ।