(एबिसि संचार ) पूर्वी नवलपरासीमा मृत बाघ फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मध्यविन्दु नगरपालिका–१० अरुणखोला नजिकै भूपु तमासपुर जाने बाटो नजिकै वनमा भाले बाघ मृत फेला परेको नवलपुर प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
घटनास्थलमा डिभिजन वन कार्यालय र प्रहरी पुगेर अनुसन्धान गर्दै छन् । बाघ काल गतिले मरेको हुन सक्ने डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सापकोटाले बताए ।