२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

श्रेष्ठलाई दुबईमा मृत्युदण्डको सजाय

Logo
Abc Sanchar प्रकाशित सोमबार, फाल्गुण ०७, २०८०

विगत ५ वर्षदेखि संयुक्त अरब इमिरेट्स (युएई)को जेलमा बसिरहेका एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका ओखलढुङ्गाका भुवन श्रेष्ठलाई दुबईको एक अदालतले केहि दिनअघि मृत्युदण्डको फैसला सुनाएको हो ।

आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आलेमगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । गम्भीर घाइते आले मगरको उपचारका लागि अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको थियो ।उनी बसेको कोठामा झगडा हुँदा छुट्ट्याउने क्रममा आले मगरलाई गम्भीर चोट लागेको थियो । त्यसपछि उनै श्रेष्ठले अस्पताल लैजाँदै गर्दा बाटैमा साथीको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको दाइ दिनेशकुमार श्रेष्ठले बताए ।

भाइ जेल परेको ५ वर्ष भइसकेको र अहिले मृत्युदण्ड कुरिरहेको दिनेशकुमारले बताए । अहिले पीडित परिवारले ५० लाख रुपैयाँ ब्लडमनीबापत मागिरहेको उनले सुनाए ।

भाइको जीवन रक्षाका लागि पहल गरिदिन आग्रह गरेको भए पनि सरकारका तर्फबाट अहिलेसम्म कुनै सुनुवाइ नभएको उनले बताए । मृतकका मामाका अनुसार त्यतिबेला परिवारले १ लाख ५० हजार दिराम अर्थात् करिब ४९ लाख नेपाली रुपैयाँ ब्लडमनी मागेको थिए । त्यो दिए मृत्युदण्डको सजायबाट माफी पाएर नेपाल फर्कन पाउने बताए ।

मृतकका परिवारले मागेको ब्लडमनीबापतको पैसा नबुझाए अबको केही महिनामै मृत्युदण्डको सजाय कार्यान्वयन हुनेछ ।

राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!