(एबिसि संचार ) कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १९ हजार ४०० मूल्यको इन्डिगो कम्पनीका सुपर ग्लोस इनामेल २०० मिलिलिटरका डिब्बा थान १० र ५०० मिलिलिटरका डिब्बा थान १२ लगायतका सामान र गोदावरी-३ मालाखेतीबाट ४ लाख ६ हजार ४०० मूल्यको प्याज, मोटरसाईकल ३ थानसहित तीन जनालाई बुधवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।उक्त सामानसहित पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ।