(एबिसि संचार )
चितवनको छात्रावासमा एक जना बालिकाको मृत्यु भएपछि प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन्।
गत शनिबार बिहान रत्ननगर नगरपालिका-१५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको हो।
उनको मृत्यु भएपछि ज्यानसम्बन्धी कसुरमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन्।सालिनको मृत्यु भएपछि आफन्तले तीन जनाविरूद्ध किटानी जाहेरी दिएका थिए। उक्त जाहेरीपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।