(एबिसि संचार )
लागुऔषधसहित एकै दिन चार जना पक्राउ परेका छन्। शनिवार कैलालीबाट तीन र कञ्चनपुरबाट एक युवक पक्राउ परेका हुन्।
प्रदेश प्रहरीका अनुसार कैलालीको टीकापुर नगरपालिका–८ श्रीलंकाबाट ३२६ वर्षीय सुवास गौतम पक्राउ परेका छन्। बर्दियाको राजापुर नगरपालिका–१० का गौतम ११० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। इलाका प्रहरी टीकापुरको टोलीले उनलाई पक्राउ गरेको हो।कैलालीको जानकी गाउँपालिका–७ बाट २० वर्षीय विनायक चौधरी र विक्रम ओड लागुऔषधसहित पक्राउ परेका छन्। उनीहरूको साथबाट तीन सय मिलिग्राम लागुऔषध फेला परेको छ ।