(एबिसि संचार ) प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । ४९ लाख ५८ हजार ८०० रुपैयाँ ठगी गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका–४ का आदित्य कुमार सिंह, सोही ठाउँका सिद्धार्थ कुमार सिंह, बारा कलैयाका राम सेवक राम र वीरगन्ज महानगरपालिका–१५ का आकाश साह छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई भक्तपुरबाट पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध पाँच जनाले उजुरी दिएका छन् ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।