२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

धम्की दिँदै पैसा माग्ने तीन जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित सोमबार, फाल्गुण २१, २०८०

(एबिसि संचार )                                                     छोरालाई अपहरण गरेको धम्की दिँदै पैसा माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–६ मा बस्ने २६ वर्षीय सविन मैनाली, सोही नगरपालिकाको वडा नं. १० मा बस्ने २७ वर्षीय शुभम मैनाली र सुनसरीको धरान उप महानगरपालिका–३ बस्ने १९ वर्षीया आशिका बराइली रहेका छन् ।उनीहरूले गत फागुन ५ गते बिहान सप्तरी राजविराज नगरपालिका वडा नं. ७ बस्ने पीडितलाई ह्वाट्स एपबाट कल गरी ‘तपाईंको छोरा मेरो कब्जामा छ, छोरा चाहिन्छ भने मैले भने बमोजिम रकम पठाउनुस्, यो कुरा अन्य कसैलाई जानकारी गराएमा तपाईंको छोरालाई मारी दिन्छु’ भन्दै धम्की दिएका थिए । पीडितलाई विभिन्न किसिमको डर त्रास देखाई विभिन्न व्यक्तिहरूको फरकफरक खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा गर्न लगाएको  मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए ।उनीहरूले ह्वाट्स एपको प्रोफाइल पिक्चरमा प्रहरी वरिष्ठ अधिकृतको फोटो समेत दुरुपयोग गरेको देखिएको महतोको भनाई छ । यस विषयमा अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट परिचालित प्रहरी टोलीले ठगीमा संलग्न देखिएका उनीहरूलाई फागुन १८ गते पक्राउ गरेको हो । पीडितको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी (अनलाइन) शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत सप्तरीबाट अनुसन्धानको लागि दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको महतोले बताए ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!