(महेन्द्र सिंह ) बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित चौलिका चोकबाट प्रहरीले ठुलो परिमाणमा खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बहराईच घर भएका २१ वर्षीय ईरफान कुरेसी, १८ वर्षीय रिजवान कुरेसी र कार चालक २७ वर्षीय मोहम्मद खली खाँ छन् ।उनीहरूको साथबाट १०३ ग्राम ३ सय मिलिग्राम खैरो हेराइन बरामद गरिएको बाँकेका एसपी सुवास बोहराले बताए ।आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको बाँके एसपी सुवास बोहराले जानकारी दिए ।