(एबिसि संचार )
कञ्चनपुरमा कुटपिट गरेर फरार भएका ६ जना अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन्।
आज (मंगलबार) कुटपिट मुद्दामा फरार ६ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतको इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले २०५२ सालदेखि फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो। कुटपिट मुद्दामा थारु गिरी पक्राउ परेका छन्।उनी २०५२ साल फागुन २७ गतेदेखि फरार थिए। अर्का कुटपिट मुद्दाका रत्ना गिरी पनि पक्राउ परेका छन्। उनी २०५२ साल फागुन २७ गतेदेखि नै फरार थिए। त्यस्तै तुलसी गिरी, झिरकुली वन, राधा वन र भाखा सिंह पनि कुटपिट मुद्दामा फरार दोषी हुन्। पक्राउ परेका ६ जना फरार दोषीलाई दुई सयदेखि चार सयसम्म जरिबाना समेत तोकिएको थियो।