(एबिसि संचार )
बैतडीमा ट्रकसहित १९ लाख बढीको अबैध सामान बरामद गरिएको छ।
जिल्लाको मेलौली नगरपालिका–३ लामालेकबाट से १ ख २०१४ नम्बरको ट्रकसहित अबैध सामान प्रहरीले बरामद गरेको हो। चार लाख ८ हजार ४ सय ४० रुपैयाँको अवैध सामान र १५ लाख ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।