२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

१७ मन्त्रालयको भागबण्डाः

Logo
Abc Sanchar प्रकाशित बुधबार, फाल्गुण २३, २०८०

(एबिसि संचार )                                                    सत्ता साझेदार प्रमुख तीन दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाउने मन्त्रालयको टुंगो लागेको छ । गृह, अर्थ, भौतिक पूर्वाधार र सञ्चारजस्ता महत्वपूर्ण मन्त्रालयको टुंगो लागेको बालुवाटार स्रोतले जानकारी दियो । अर्थ, परराष्ट्र, सञ्चार, उर्जा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय माओवादी केन्द्रले पाउने सहमति भएको छ । परराष्ट्र नारायणकाजी श्रेष्ठ र अर्थ वर्षमान पुनले सम्हाल्ने छन् ।एमालेले भौतिक पूर्वाधार, उद्योग, कृषि, कानून, न्याय तथा संसदीय व्यवस्था, खानेपानी, महिला, बालबालिका तथा समाजकल्याण र रक्षा मन्त्रालय पाउने सहमति भएको छ । गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय रास्वपाले पाउने सहमति भएको छ । गृहमा रवि लामिछाने दोहोरिँदै छन् ।

शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अहिले बाँकी छ । फागुन २१ गते ८ बुँदे सहमतिमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टी (जसपा)लाई शहरी विकास र वन दिने सम्भावना छ ।

नेकपा (एकीकृत समाजवादी)ले पनि दुई मन्त्रालय पाउने सहमति भएको स्रोतको दाबी छ । उसले पाउने मन्त्रालयको टुंगो लागेको छैन । मन्त्रिपरिषद् बुधवार विस्तार हुने र मन्त्रीहरूले बुधवार नै शपथ लिने तयारी रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले अपरान्ह ४ बजेसम्म शपथको समय यकिन नभएको बताएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौं बाहिर रहेकोले उनी फर्केपछि मात्र शपथ हुने स्रोतले बतायो ।
(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!