(एबिसि संचार ) कीर्तिपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ ।लामो समयदेखि कलेजोको समस्याबाट पीडित ६१ वर्षीय महर्जनको बुधवार राति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको सो नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीले जानकारी दिए ।