(एबिसि संचार )
सिराहाको गोलबजारमा एक महिलाको हत्या भएको छ । गोलबजारस्थित महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिताकुमारी साहको शुक्रबार राति हत्या भएको हो ।
सिराहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यका अनुसार उनको सिलौटोले प्रहार गरी हत्या भएको जस्तो देखिएको छ । अनिताको शव सुत्ने खाटनजिकै शव थियो ।मृतकका पतिसमेत समेत घाइते छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।