(एबिसि संचार ) नेपाल प्रहरीका दुई कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित कान्तिबजार प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले घुससहित पक्राउ गरेको हो ।