(एबिसि संचार ) वीरेन्द्रनगरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बारा जिल्ला घर भई हाल वीरेन्द्रनगर–९ लाटीकोइली स्थित दैलेखी टोल बस्ने अन्दाजी ३२ वर्षीय अनिल पटेल मृत अवस्थामा फेला परेका हुन् । मंगलबार ११ बजे पटेल आफू सुतेको घरमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए ।