(एबिसि संचार ) भिजिट भिसामा दुबई पठाउन खोजेको आरोपमा प्रहरीले थप एकजना एजेन्टलाई पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएर काठमाडौँ–१६ माछापोखरी बस्ने ३४ वर्षीय बबि श्रेष्ठ उर्फ नुरमायालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले २५ फागुनमा रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर–३ रुद्रपुर घर भएका ४६ वर्षीय भविलाल थापालाई पक्राउ गरेको थियो । भविलालबारे अनुसन्धान गर्न विमानस्थल सुरक्षा कार्यालयले उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो ।