(एबिसि संचार ) सङ्खुवासभाको सभापोखरी गाउँपालिका-२ तल्लो ज्यामिरे बस्ने २९ वर्षीय रविन चामङलिङ राईको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय सङचिल राई रहेका छन् ।आपसी विवादको क्रममा सङचिलले धारिलो हतियार खुकुरी प्रहार गर्दा रविन गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुपुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।