(एबिसि संचार )
आगलागीका कारण बन्द गरिएको कर्णाली नदीमाथिको पुल सोमबार (आज)देखि खुलाइएको छ । आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुलमा सवारी आवागमन खुलाइएको नेपालगन्जस्थित सडक डिभिजन कार्यालयका इन्जिनियर नीरज शाक्यले बताए ।
उनले भने, ‘पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ ।’