(एबिसि संचार ) सर्वोच्च अदालत अगाडिबाट हतियारसहित दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए ।