२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

क्यासिनोमा नेपालीलाई जुवा खेलाउँदै गरेको अवस्थामा चारजना पक्राउ

Logo
Abc Sanchar प्रकाशित बुधबार, चैत्र ०७, २०८०

(एबिसि संचार )                                                              वीरगन्जको क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराइ जुवा खेलाइरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिकाको वडा नम्बर १५ स्थित होटेल भिस्वाको क्यासिनोमा नेपाली व्यक्तिहरूलाई अनधिकृत प्रवेश गराइ जुवा खेलाउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।  उनका अनुसार पक्राउ पर्नेमा क्यासिनोका कर्मचारीहरू कास्कीको पोखराका प्रताप लामा, सर्लाहीको बरहथवाका  उमेश कार्की, वीरगन्जको नगवाका पप्पु सिंह पक्राउ परेका छन् । यस्तै वीरगन्जकै वडा नम्बर ८ बस्ने वर्ष ४० को सुरज कुमार कलवारलाई क्यासिनोमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]