२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

काठमाडौँको लगनटोलमा हत्या गरेर भागेका प्रतिवादी पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, चैत्र ०९, २०८०

(एबिसि संचार )                                                                काठमाडौँ महानगरपालिका–२१ स्थित लगनटोलमा २०५६ मा हत्या गरेर भागेका प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न रहेर फरार भएका रामकाजी पोडे पक्राउ परेका हुन् ।उनलाई कास्कीको लेखनाथ नगरपालिका–११ स्थित फुलबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए । पोडे दुरसञ्चार प्राधिकरणमा मेन्टिनेन्सको काम गर्छन् । २०५६ जेठ २ मा रामकाजी पोडे समेतले लगनटोलमा कृष्ण पोडेको हत्या गरेको प्र्रहरीको अनुसन्धान निष्कर्ष छ । घरायसी विवादमा लगन बस्ने सविन्द्र पोडे, श्याम पोडे र रामकृष्ण पोडे समेतको समूहले बन्चरो प्रहार गरेर कृष्णको हत्या गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]