२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

रकमसहित युवक पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, चैत्र ०९, २०८०

(एबिसि संचार )                                                                    सिरहाको लहान नगरपालिका–१ गोलचक्करबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–६ सितापुर बस्ने ३० वर्षीय मुकेशकुमार साह छन् । बिहीबार दिउँसो उनको साथबाट स्रोत नखुलेको नगद १० लाख १ हजार ६ सय रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले प्र.०१२–०१–००२ प ३९६९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]