(एबिसि संचार )
दार्चुलामा एक महिला करेन्ट लागेर गम्भीर घाइते भएकी छन्।
शैल्यशिखर नगरपालिका–१ बारीलकी ५५ वर्षीया कुमारी तितरा करेन्ट लागेर घाइते भएकी छन्। उनलाई बारीमा बाख्रा चराइरहेको बेला विजुलीको पोलमा लत्रिरहेको तारबाट करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।घाइते कुमारीको अवस्था गम्भीर रहेको छ।