(एबिसि संचार )
जबरजस्ती करणी र सार्वजनिक कसुर बिरुद्धको मुद्दामा फरार बैतडीका तीन जना दोषी पक्राउ परेका छन्।
३ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडीको सिगास गाउँपालिका-३ बस्ने अमर सिह धामी, मनोज सिह धामी र सोही मुद्दामा ५ दिन कैद सजाय ठहर भई फरार रहेका राजेन्द्र सिह धामीलाई सोमवार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।