(एबिसि संचार )
झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ स्थित बाह्रकोठे निवासी ५८ वर्षीया खड्गमाया लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।
लिम्बूलाई छिमेकी पवित्रा बेघाको घरमा त्रिपालको छाना टाटीको बेरा भएको भुइँतले झुप्री कोठामा सुतिरहेको अवस्थामा शुक्रबार राती जंगली हात्तीले आक्रमण गरेको थियो । हात्ती देखेपछि भाग्न खोज्दा उनलाई हात्तीले लखेट्दै आक्रमण गरेको थिए ।हात्तीले सुँडले लिम्बूलाई घिसारी दाहिने खुट्टाको घुँडादेखि मुनि चुटाई छेदविच्छेद गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए ।