(एबिसि संचार )
सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
आइतबार जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका– ३ हरकठवा परीक्षा केन्द्रबाट भिनाजुको नाममा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतोलाई प्रहरीले सूचनाका आधारमा पक्राउ गरेको हो ।कृष्ण आइतबार भिनाजु राकेशकुमार महतो (सिम्बोल नं ०२२१००४५) को अनिवार्य गणित विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका थिए ।कृष्णलाई परीक्षा अनुगमन समितिले भिनाजुको नाममा परीक्षा दिइरहेको पुष्टि गरेपछि पक्राउ गरेको हो । राकेशकुमारको अहिलेसम्मका सम्पूर्ण परीक्षा रद्द गरिएको र अब उनले अन्य विषयको परीक्षा समेत दिन नपाउने भएका छन् ।