(एबिसि संचार )
कैलालीको धनगढीबाट अबैध काठ बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका-१७ पथरी गाउँ स्थित सोही ठाउँ बस्ने ५९ वर्षीय रामप्रसाद चौधरीको घरको आगनमा डल्लबमा लोड गरी राखेको सालको गोलिया थान–१ (१८ क्युफिट) अबैध काठ प्रहरीले आईतवार राति नियन्त्रणमा लिएको हो।चौधरीसहित काठ र डल्लबलाई प्रहरीले सब डिभिजन वन कार्यालय फुलबारीको जिम्मा लगाएको छ।