०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

नि .शुल्क स्वास्थ्य शिविर गरे होटल पाैवा भालुवाङले

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, चैत्र २३, २०८०

 

बिदुर एम सी,
२३ चैत्र,भालुवाङ । दाङको देउखुरी उपत्यका अन्तरगत राप्ती गाउँपालिका-१ भालुवाङस्थित होटल पाैवाले ८ औं स्थापना दिवसका अवसर पारेर मधुमेह, मृगौला र उच्च रक्तचापको नि :शुल्क रूपमा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

देशभरका १२ वटा शाखा स्थापना गरिसकेको वर्तमान परिप्रेक्षमा चैत २५ गते आइतबारका दिन विभित्र कार्यक्रम गरिने आयोजक पौवाले जनाएको छ । त्यसै शिलशिलामा भालुवाङ शाखाले बुटवलस्थित केन डाइबेटिज एण्ड थाइराइड सेन्टरको प्राविधिक सहयोगमा नि :शुल्क स्वास्थ्य जाँच गर्न लागेको शुक्रबार होटल पाैवामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत सो विषयमा भालुवाङ शाखाका प्रमुख श्याम न्याैपानेले जानकारी दिएका छन् ।

आम नागरिकहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर हाेटल
पाैवाले प्रदेश राजधानी केन्द्र पर्ने भालुवाङमा पहिलो पटक नि :शुल्क स्वास्थ्य सेवा दिन लागेको छ । बढ्दो सुखसयलकाे जीवनशैलीका कारण मानिसहरूमा उत्पन्न मधुमेह, मृगौला र उच्च रक्तचाँपको जांचगरि परामर्श दिन थालेको शाखा प्रमुख न्याैपानेले बताएका छन् । आइतबार विहान ७ बजे देखि ११ सम्म शिविर सञ्चालन हुने र सवैलाई सेवा लिन शाखा प्रमुख न्याैपानेले आग्रह गरेका छन् ।

नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रस्तुतिका रुपमा उदाएको छ । नेपालीपन, नेपाली सेवा र नेपाली परिकारले परिचित पौवाको नेपाली हस्पिटालिटीलाई पहिलो प्राथमिकतामा राखेर नेपाली चाडपर्व, जनजातकिा रैथाने स्वाद र संस्कृतिलाई ब्राण्डिङ गर्दै सेवा अभियानलाई निरन्तर अगाडि बढाइएको छ ।

देशका विभिन्न १२ स्थानहरुबाट सेवा दिँदै आएको पौवाले १३ औ शाखाका रुपमा बाँकेको नेपालगन्जमा सेवा विस्तार गर्ने योजना समेत बनाएको छ । देशभर रहेका पौवाका १२ वटा शाखामा करिब ४ सय ५० जना युवाहरुलाई हस्पिटालिटी सेवामा रोजगार दिएको छ ।

स्थापनाको ८ औं वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा आफ्नो पहुँच पुगेको पाैवाले जानकारी दिएको छ । भैरहवाको होटल पौवा सञ्चालनमा रहेको छ । दाङको भालुवाङ, लमही र घोराही, बुटवलको योगीकुटी, कपिलवस्तुको गोरुसिङ्गे, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, पर्यटकीय राजधानी गण्डकी प्रदेशको राजधानी पोखरा, बागमती प्रदेशको काठमाडौंको गौशालामा संचालनमा रहेको छ । त्यसैगरी सुदुरपश्चिमको धनगढीमा पनि संचालन भइरहेको छ । कर्णाली प्रदेशको जुम्लामा पौवाले सेवा सुरु गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सागर थापा) दाङ । इलाका प्रहरी कार्यालय गढवा दाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्की जिल्ला दाङ गढवा गा.पा.वडा नं.०८ मा पर्ने नेपाल भारत सिमानाका कोईलाबासको अनुगमन गर्नुको साथै यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय कोईलाबास दाङको निरिक्षण र कार्यरत प्र.क.हरुलाई आवश्यक निर्देशन दिनु भई भारतिय सिमा सुरक्षा बल SSB संग सिमा सुरक्षा तथा सिमानाकामा […]

(ABC-Sanchar) पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सूचना जारी गरी नाका बन्द हुने जानकारी दिएको हो । सूचनाअनुसार, जेठ १० बिहान ६ बजेदेखि जेठ १२ बेलुकी ६ बजेसम्म पर्सा जिल्लाका सीमा नाकाहरु बन्द रहने छन् । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूसालले जारी गरेको सूचनामा बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा […]

ABC (क्राईमबिट) काठमाडौं । पक्राउ पर्नेमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक रहेका छन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा […]