२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

हत्या गरेर फरार पुरुष १७ वर्षपछि पक्राउ

Logo
Abc Sanchar प्रकाशित सोमबार, चैत्र २६, २०८०

(एबिसि संचार )                                                                आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका एक जना पुरुष १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, लाटीकोइलीको सानो सुर्खेत (साविक लाटीकोइली गाविस–५) का रामबहादुर रावत छन् ।प्रहरीका अनुसार रावतले ०६३ साल असार ९ गते घरमा आफ्नै श्रीमती गौरी रावतलाई कुटपिट गरी हत्या गरेका थिए । गौरीको मृत्यु भएपछि उनी भागेका थिए ।१७ वर्षपछि उनलाई जाजरकोटको जुनीचाँदेबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए । उनका अनुसार रामबहादुर जुनीचाँदे गाउँपालिका–१, काप्रा भन्ने ठाउँमा घर बनाइ बसेका थिए ।

घटना लगत्तै भारततिर भागेका उनी १० वर्षपछि फर्केर जाजरकोटमै अर्को विवाह गरेर बसेका थिए । प्रहरीका अनुसार रामबहादुरले ६६ वर्षको उमेरमा २८ वर्षीय महिलासँग विवाह गरेका थिए ।

जुनीचाँदे रामबहादुरको पुर्ख्यौली थलो हो । गौरीको हत्या गर्दा रामबहादुर ५६ वर्षका थिए । प्रहरी निरीक्षक खड्काका अनुसार रामबहादुरले गौरीको हत्या गरी गोठमा शव फालेर भागेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!