०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

सशस्त्र प्रहरीका चार डिआइजीको सरुवा

Logo
Abc Sanchar प्रकाशित मंगलबार, बैशाख ०४, २०८१

(एबिसि संचार )                                                                सशस्त्र प्रहरीका चार डिआइजीको सरुवा अवधि पुगेको डेढमहिना बढी हुँदा पनि सरुवा हुन सकेको छैन । प्रहरी महानिरीक्षक राजु अर्यालले सरुवा प्रस्ताव लगिसक्दा पनि उनीहरुको सरुवा रोकिएको छ । सत्तामा राजनीतिक फेरबदल भएसँगै सरुवा रोकिएको स्रोतको दाबी छ ।खासगरी, बराह बाहिनी कोशी प्रदेशका प्रमुख अञ्जनीकुमार पोखरेलले ‘कमाण्ड टु कमाण्ड’ जान खोजेपछि सरुवा रोकिएको हो । अर्का डिआइजी दीपेन्द्र शाहले कमाण्ड गरिरहेको छिन्नमस्ता बाहिनीको कमाण्ड गर्न खोजिरहेका छन् । अर्का डिआइजी पुरुषोत्तम थापा र सुरेशकुमार श्रेष्ठले रोलक्रम अनुसार प्रदेश कमाण्ड गनुपर्नेमा पोखरेल आफै अर्को प्रदेशको कमाण्ड गर्न प्रधानमन्त्री कार्यालयमार्फत दबाब दिन थालेको स्रोतले जनाएको छ ।तर, आइजीपी राजु अर्यालले अहिले उनलाई कमाण्ड टु कमाण्ड जान नमिल्ने जानकारी दिइसकेका छन् । साथै, उनले वरिष्ठ अधिकृतहरुको सम्मेलनमा नेपाल प्रहरीलाई सीमा क्षेत्रबाट हटाउनुपर्ने प्रस्ताव राखेपछि अर्यालसँग उनको सम्बन्ध पनि चिसिएको छ । अर्को संगठनको बारेमा किन टिकाटिप्पणी गरेको भन्दै आइजीपी अर्यालले सम्मेलनमै उनलाई रोकेका थिए ।

त्यसपछि उनी बराह बाहिनी फर्केपनि सम्बन्ध सुधार हुन सकेको छैन । बराह बाहिनीमा उनी बस्दा पूर्वका धेरै जिल्लाहरुमा विवाद आएको तथा एक प्रहरी निरीक्षक नवप्रवल राई अझै निलम्बनमा भएको विषयले फौजभित्र चर्चा पाएको छ ।

डिआइजी पोखरेलकै घुमुवाको रुपमा झापा पुगेका राईले आफ्नै सहकर्मीहरुमाथि कुटपिट गरेका थिए । कुटपिट गर्न लगाउने र घुमुवा खटाउने डिआइजी पोखरेललाई उन्मुक्ति दिइएको थियो भने राईलाई मात्र निलबनमा राखिएको छ ।

यो विषयमा मात्र होइन पत्रकाहरुलाई कोशीमा लगेर डुंगा दुर्घटना गराएको विषयमा उनीमाथि विभागले कुनै पनि जानकारी नलिएको बारेमा पनि मुख्यालयभित्र चर्चा भैरहेका बेला उनले मधेश प्रदेशको छिन्नमस्ता बाहिनीको कमाण्ड गर्ने इच्छा व्यक्त गरेका हुन् ।

हल्चोक स्रोतका अनुसार यसपटक डिआइजी थापालाई बराह वा छिन्नमस्ता बाहिनीमध्ये एकमा कमाण्ड पठाउने तयारी भैरहेको छ भने श्रेष्ठलाई पनि कमाण्ड पठाउने तयारी गरिएको छ । सशस्त्र प्रहरीले आगामी भदौमा घर जान लागेका अभिकुमार खत्रीलाई पनि कमाण्डबाट हटाउने तयारी गरेको भएपनि उनी त्यहीबाट घर जानलाई बल गरिरहेका छन् ।

उनले खासगरी हालका गृहमन्त्री रवि लामिछानेलाई फकाउन आफ्ना नातेदार पूर्व डिआइजी छविलाल जोशीलाई लगाइरहेका छन् । जोशी र खत्री नजिकका नातेदार हुन् । तर, प्रहरी महानिरीक्षकले अवकाशको समयमा कमाण्ड गर्न नमिल्ने भन्दै उनलाई प्रहरी प्रधानकार्यालयमा सरुवाको तयारी गरेका छन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                    काठमाडौँको एक गेस्ट हाउसमा महिलाको सामूहिक बलात्कार गरी फरार भएका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ […]

(एबिसि संचार ) जिल्ला प्रहरी कार्यालय डोटीले एक नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरेको हो ।उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ […]

ABC (क्राईमबिट) काठमाडौँ । सवारी चालक अनुमति पत्र किर्ते गरेको मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको बैत्यश्वर गाउँपालिका–५ घर भएर भैँसेपाटी बस्ने सञ्जीव तामाङ छन् । २५ वर्षीय तामाङलाई ललितपुर महानगरपालिका–२४ स्थित भैँसेपाटीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । उनी २०७४ असारदेखि फरार […]