०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue
×

प्रदर्शन गर्ने कृतु भण्डारीसहित १२ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, बैशाख ०६, २०८१

(एबिसि संचार )

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरुले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । रुसी सेनामा रहेका नेपालीका परिवारका सदस्यहरुले बिहीबार सिंहदरबार दक्षिण गेटअघि प्रदर्शन गरेका हुन् ।

सो क्रममा उनीहरुले अवैध तरिकाले रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, युक्रेनसँगको युद्धमा मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राखेका छन् ।उनीहरुले युद्धमा घाइते नेपालीको उचित उपचार र रुस सरकारबाट पाउने तलब, भत्ताका लागि सहजीकरण गरिदिनसमेत माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) बाँके । पानीको वैकल्पिक व्यवस्थाका लागि परम्परागत इनारको संरक्षणमा स्थानीय जुटेका छन् । अत्यधिक गर्मीको बेला पानीको सतह घट्ने गरेकोले पानीको समस्या हुन थालेपछि परम्परागत रुपमा रहेका जीर्ण भइसकेका र पुरी सकेका इनारहरुको समेत पुन मर्मत सम्भार गरेर सरंक्षण सुरु गरिएको हो । नेपालगन्ज ११ का वडा अध्यक्ष नन्द किशोर कश्यपले वडामा पानीको सतह […]

(ABC-Sanchar) काठमाडौं । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा सोमबार दिनभर समस्या आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिक समस्यामा परेका हुन् । फेमिसको ‘सर्भर डाउन’ भएर कार्यालयबाट हुने काम ठप्प हुँदा वैदेशिक रोजगारीमा जानका लागि टिकट काटेर बसेकाहरू श्रम स्वीकृति नपाउँदा समस्यामा परेका छन् । विदेश जानेहरू श्रम स्वीकृतिका लागि बिहानदेखि ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमै […]

(ABC-Sanchar) दाङ । प्रेस सेन्टर नेपाल, दाङले पत्रकार महासंघ जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने निर्णय गरेकाे छ । संगठनका जिल्ला अध्यक्ष पाण्डव शर्माकाे अध्यक्षता एवम् नेकपा (माओवादी), केन्द्र दाङका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यकाे प्रमुख आतिथ्यतामा आज घाेराहीमा बसेकाे बैठकले सर्वसम्मत नेतृत्व चयनका लागि सबै सञ्चार संगठन एवम् अग्रज पत्रकारहरूसँग […]