२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, बैशाख ०६, २०८१

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले  खैरो हेरोइनसहित पाँचथरको फालेलुङ गाउँपालिका–५ घर भएका ३५ वर्षीय राजु थाम्सुहाङलाई गत वैशाख ३ गते ललितपुर महानगरपालिका-१४ विशालाचोकबाट पक्राउ गरेको हो । काठमाडौँ उपत्यकालाई  केन्द्रबिन्दु बनाई लागु औषध खैरो हेरोइन कारोबारमा संलग्न व्यक्तिलाई लामो समयको निगरानी पश्चात् यस लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले थाम्सुहाङलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रामेश्‍वर कार्कीले जानकारी दिए । उनको साथबाट प्रहरीले खैरो हेरोइन २३२ ग्राम, नगद रु। १ लाख ८० हजार र डिजिटल तराजु १ थान समेत बरामद गरेको छ ।यता सोही दिन ब्युरोबाट खटिएको टोलीले काठमाडौँको गोकर्णेश्‍वर नगरपापालिका–५ जोरपाटीबाट रामेछापको उमाकुण्ड गाउँपालिका–७ घर भएका २१ वर्षीय दिनेश सुनुवारलाई समेत पक्राउ गरेको थियो । सुनुवारलाई नियन्त्रित लागु औषध नाइट्रोभेट ७४९ ट्याब्लेटसहित पक्राउ गरिएको उपरीक्षक कार्कीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]