२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

“ हतियार र लागु औषध सहित अपराधिक प्रवृतीका बब्लु पासवान पक्राउ,घटनाको विवरण

Logo
Abc Sanchar प्रकाशित सोमबार, बैशाख १७, २०८१


मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा भारतबाट BR05AL 6139 नम्बरको भारतीय मो.सा.मा लागु औषध तथा सानो हतियार साथमा लिइ वीरगञ्जभित्र प्रवेश गर्दै गरेको छ भन्ने सूचना प्राप्त ।
वारदात मिति,समय र स्थान:- मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डमा ।
प्रहरी परिचालन: घटनाको सूचना प्राप्त हुनसाथ यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर नजिक BR05AL 6139 नम्बरको भारतीय मो.सा.मा सवार व्यक्ति संकास्पदरूपमा मो.सा.चलाइ आइरहेकोमा रोकि चेकजाँच गर्न खोज्दा उक्त मो.सा.मा सवार ब्यक्ति भाग्न खोजेको अवस्थामा नियन्त्रण लिने क्रममा प्रहरीटोलीबाट सानो हतियार (पेस्तोल) बाट दुई राउण्ड गोली फायर गरी मो.सा.चालक भारत बिहार पूर्वी चम्पारण रक्सौल बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निम्न उल्लेखित लागु औषध तथा हातहतियार बरामद गरिएको, प्रहरी कारवाहीको क्रममा निजको वाँया खुट्टाको घुँडामुनि गोली लागी घाइते भएकोमा तत्कालै उपचारको लागि नारायणी अस्पतालमा लगि उपचार पश्चात यस कार्यालयको नियन्त्रणमा राखि थप अनुसन्धान कार्य भइरहेको । पक्राउ परेका व्यक्तिको विवरणः-
नामथरः- बब्लु पासवान भन्ने गणेश कुमार
उमेरः- ४५ वर्ष
वतनः- भारत विहार पूर्वी चम्पारण रक्सौल
बरामद लागु औषध तथा हतियारको विवरणः-
१) Made In USA No 11 पेस्तोल) थान-१(एक)
२) ऐ.का.गोली राउण्ड-२ ( दुई )
३) लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ-४९ ग्राम
४) लागु औषध गाँजा-८८० ग्राम
५) BR05AL 6139 नम्बरको मो.सा बब्लु पासवान भन्ने गणेश कुमारको विगतका क्रियाकलाप तथा अपराधिक गतिविधीहरूः- मिति २०७३।०२।१३ गते जिल्ला बारा महागढीमाई न.पा.वडा नं.१ पसाहा पुल नजिक वीरगञ्ज बस्ने सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकार रहेको । मिति २०७९।०६।०३ गते काठमाण्डौ गोठाटार स्थित लाल मोहमदको हत्यामा सलंग्न रहेको।छिमेकी राष्ट्रभारतमा रही पर्सा जिल्ला तथा तराईका जिल्लाहरूमा अपहरण गर्न लगाउने।साना हतियार तथा लागु औषधको कारोवार गर्ने गरेको।नेपाली अपराधीहरूलाई भारतमा संरक्षण गर्ने गरेको।ठुला उधोग व्यसायीहरूलाई फोन गरी रकम माग गर्ने तथा ज्यान मार्ने धम्की दिने गरेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!