२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

जसपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले लिए शपथ

Logo
Abc Sanchar प्रकाशित सोमबार, बैशाख ३१, २०८१

(ABC-Sanchar)
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् ।

जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी भएको हो । जसपा नेपालबाट वैशाख २२ मा विभाजित राई नेतृत्वको जसपाबाट एक जना मन्त्री पहिले नै सरकारमै छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खगेन्द्र सुनारले सुरुवाती अग्रता लिएका छन्। उनले १ हजार ६ सय ९८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुमन मल्लले ७ सय १५ मत पाएका छन्। सुनार र मल्लबीचको मतान्तर ९ सय ८३ रहेको छ। नेपाली कांग्रेसका अमरसिंह पुन ५ सय ४१ […]

रास्वपाले काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार रञ्जु दर्शना न्यौपानेले खाता खोलिन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ […]

काठमाडौं क्षेत्र नम्बर १ को मतगणना राति १० बजेबाट सुरु, काठमाडौं । बानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रमा मतगणना हुने भएको हो। काठमाडौं १ का निर्वाचन अधिकृत चुरमान खड्काका अनुसार सर्वदलीय बैठकले राति दश बजेबाट मतगणना हुने निर्णय गरेको हो।

error: Content is protected !!